Tuesday, July 21, 2026

सार्वजनिक बिदा पुनरावलोकन गर्ने सरकारको तयारी, कार्यदल गठन

बारा, ०४ साउन । सरकारले हाल कायम रहेको सार्वजनिक बिदा प्रणालीको पुनरावलोकन गर्न एक उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिन थालेपछि समग्र बिदा प्रणालीलाई नै हेरफेर र व्यवस्थापन गर्नको लागी कार्यदल गठन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित यस कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्यका रूपमा रहने छन्।

उक्त कार्यदललाई मुलुकको प्रशासनिक र आर्थिक क्षेत्रमा पर्ने असरहरूलाई मध्यनजर गर्दै प्रतिवेदन तयार पार्न १५ दिनको समयसीमा तोकिएको छ र कार्यदलले उक्त प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय समेत भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर