Tuesday, July 21, 2026

बारामा नदीमा डुबेर ३ वर्षिय बालिकाको मृत्यु 

बारा, ०४ साउन। बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ निवासी अलि हुसेनकी ३ वर्षीया छोरी फुलतारा खातुनको सरिसवा नदीमा डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार आज दिउँसो करिब ३ बजे फुलतारा आफ्नी दिदी नाता पर्ने जितपुरसिमरा उपमहानगरपालिका–७ पहाडी टोल निवासी जबैदा खातुनको घरमा गएकी थिइन्। सोही क्रममा नजिकै रहेको सरिसवा नदीमा खेल्ने क्रममा उनी पानीमा डुबेको बताइएको छ।

पानीमा डुबिरहेको अवस्थामा उनकी आमा सल्यान खातुनले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल, सिमरा पुर्‍याएकी थिइन्। तर उपचारका क्रममा अपराह्न ४:३० बजे चिकित्सकले ईसीजी (ECG) परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए।

अस्पतालबाट अपराह्न ४:४५ बजे इलाका प्रहरी कार्यालय जितपुरमा घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक तेनरायण बैठाको नेतृत्वमा प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो।

मृतक बालिकाको शव हाल नगर अस्पताल, सिमरामै राखिएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर