Saturday, September 19, 2026

मधेश प्रदेशका १० स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

Advertisement
Advertisement

बारा, ०५ साउन । संवैधानिक प्रावधानअनुसार स्थानीय तहहरूले हरेक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ।

तर, मधेश प्रदेशका १० वटा स्थानीय तहले भने हालसम्म पनि चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गरिएको विवरणअनुसार सिराहाको सुखीपुर नगरपालिका र औरही गाउँपालिका तथा धनुषाको कमला नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन्।

यसैगरी, रौतहटका चार वटा स्थानीय तहहरू—गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका तथा पर्साका छिपहरमाई र पकाहा मैनपुर गाउँपालिकाले पनि बजेट ल्याउन बाँकी रहेको पाइएको छ।

संविधानमा हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार महिनाभरिमा स्थानीय तहको बजेट सार्वजनिक भइसक्नुपर्ने स्पष्ट व्यवस्था छ। यद्यपि, सम्बन्धित स्थानीय तहहरूमा निम्तिएको आन्तरिक राजनीतिक विवाद, जनप्रतिनिधिहरूबीचको खिचाताण र केही प्राविधिक समस्याका कारण तोकिएको समयसीमा नाघ्दा पनि बजेट आउन नसकेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर