Wednesday, July 22, 2026

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन

बारा, ०६ साउन । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धानका लागि एक न्यायिक छानबिन समिति गठन गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

गठित समितिको सदस्यहरूमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया रहनुभएको छ। मन्त्रिपरिषद् बैठकले समितिलाई गठन भएको मितिले सात दिनभित्र घटनासम्बन्धी सम्पूर्ण सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका उनको गत असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। उनको मृत्युपछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।

सहमतिको पहिलो बुँदामा घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी स्वतन्त्र समिति गठन गर्ने उल्लेख थियो। सोही सहमतिलाई कार्यान्वयन गर्दै सरकारले यो छानबिन समिति गठन गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर