Thursday, July 23, 2026

सर्पको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु

बारा, ०७ साउन । महोत्तरीको बर्दिबासमा सर्पको टोकाइबाट एक ८ वर्षीय बालकको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका–१२ बिजलपुराका चन्दन कापरका छोरा विवेक कापरको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार साँझ घरनजिकै रहेको अम्बाको रूखमा फल टिप्ने क्रममा बालकलाई सर्पले टोकेको थियो। टोकेको थाहा पाउनेबित्तिकै परिवारले उनलाई तुरुन्तै बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो ।

बालकको मृत्युको पीडासँगै आर्थिक अभावका कारण परिवार थप समस्यामा परेको छ। विपन्न परिवारका कारण अस्पतालमा लागेको खर्च जुटाउन नसक्दा बालककी आमा अमृतदेवी कापरले शव घर लैजान नसकिएको बताएकी छन्।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापा र बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री अस्पताल पुगेर पीडित परिवारको समस्या समाधान र शव निकासाका लागि आवश्यक समन्वय गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर