Friday, July 24, 2026

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा २ लाख बढी बेटिङ वेबसाइट र एप बन्द

बारा, ०८ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन भइरहेका दुई लाख २३ हजार पाँच सय ६८ भन्दा बढी एप तथा वेबसाइटहरू बन्द गराएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको ४२ औँ बुँदा बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा २४ घण्टाभित्र यस्ता बेटिङ र स्क्यामिङ साइट बन्द गराउने कारबाही अघि बढाइएको हो।

विश्वकप सुरु भएयता यस्ता गैरकानुनी बेटिङ साइटहरूको प्रयोग र जोखिम बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टासक्स फोर्स नै गठन गरेर कारबाही तीव्र पारेको छ।

प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर यूआरएल ब्लकिङ तथा हन्टिङ गर्ने काम निरन्तर भइरहेको छ।

एउटा साइट बन्द गर्दा नयाँ डोमेन र नाममा फेरि खुल्ने चुनौती रहेकाले थ्रेड इन्टेलिजेन्स टुल मार्फत निगरानी बढाउन विशेष जनशक्ति खटाइएको छ। सर्वसाधारणले पनि यस्ता अवैध वेबसाइटबारे थाहा पाएमा github.com/NTA-OPM लिङ्कमार्फत सूचना वा अपडेट दिन सक्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर