Friday, July 24, 2026

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई जरिबाना

बारा, ०८ साउन । सिरहा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिबाना गराएको छ।

सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षाका नियमको धज्जी उडाएको भन्दै चौतर्फी आलोचना र कानुनी समानतामाथि प्रश्न उठेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले उनलाई ५ सय रुपैयाँ जरिबाना गराएको हो।

सांसद गुप्ता आफैं लहानस्थित ट्राफिक प्रहरी कार्यालय पुगेर जरिबाना रकम भुक्तानी गरेका हुन्। चौतर्फी आलोचना र विरोध भएपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

यस घटनापछि गुप्ताले सामाजिक सञ्जालमार्फत बाल्यकालको सम्झना र रमाइलोको क्षणमा नजानिंदै गल्ती हुन पुगेको भन्दै सार्वजनिक क्षमायाचना व्यक्त गरेका छन्।

“त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैँले आफैँ महसुस गरेको छु,” गुप्ताले लेखेका छन्, “अब यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु !”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर