Saturday, July 25, 2026

मधेश प्रदेशका १० पालिकामा नमुना कृषि कार्यक्रम सञ्चालन गरिने: मन्त्री गीता चौधरी

बारा, ०९ साउन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको खेतसम्मै आधुनिक प्रविधि र प्राविधिक सेवा पुर्‍याउन कम्तीमा १० वटा पालिकामा नमुना कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाइएको बताएकी छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग भएको छलफलका क्रममा उनले प्रदेश सरकारलाई सो नमुना कार्यक्रमका लागि पालिका छनोट गर्न आग्रह गरिन्। कागजी नीति र योजनामा मात्र सीमित नरही यसपालि कार्यान्वयन पक्षलाई जोड दिइने मन्त्री चौधरीको भनाइ छ।

प्रयोगशाला वा अनुसन्धानबाट सिद्ध भएका प्रविधिलाई सीधा किसानको माटोसम्म पुर्‍याएर उत्पादन बढाउने मन्त्रालयको मुख्य लक्ष्य रहेको छ। छनोटमा पर्ने पालिकाहरूमा एकीकृत रूपमा प्राविधिक परामर्श, तालिम, उत्पादन वृद्धि गर्ने औजार र प्रविधि हस्तान्तरणका कामहरू प्राथमिकताका साथ अघि बढाइनेछ।

रासायनिक मल र विषादीको बढ्दो प्रयोगलाई रोक्दै माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक (अर्गानिक) खेती प्रणालीलाई विशेष प्रवर्द्धन गरिनेछ। यसले सुरक्षित खाद्यान्न उत्पादनमा टेवा पुग्ने र दिगो कृषि विकास सम्भव हुने विश्वास लिइएको छ।

मन्त्री चौधरीले कृषि, वन तथा पर्यावरण  क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोत–साधनको उचित परिचालन तथा साझा योजनामार्फत अघि बढ्नुपर्नेमा जोड दिइन। साथै उनले प्रदेश सरकारबाट प्राप्त सुझावलाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर