बारा, १० साउन। पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैँचाबाट ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरिएको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आँपको बगैँचामा रहेको घाँसको झाडीभित्र लुकाइछिपाइ राखिएको १४० किलोग्राम गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पोखरीया र सशस्त्र प्रहरी बल मिर्जापुरको संयुक्त टोलीले साउन ९ गते राति करिब ९:३० बजे उक्त स्थानमा आकस्मिक खानतलासी गर्दा १३ वटा पोकामा पोका पारिएको उक्त गाँजा फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजीका साथै थप अनुसन्धान कार्य भैरहेको छ।



