Sunday, July 26, 2026

प्रहरी निरीक्षक जटाशंकर यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित

बारा,१० साउन । ताप्लेजुङमा व्यावसायिक निष्ठा र लगनशीलताका साथ कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी नायव उपरीक्षक) उमेश जोशीका अनुसार अपराध नियन्त्रण, सुक्ष्म अनुसन्धान, पीडितलाई न्याय दिलाउन निर्वाह गरेको भूमिका, तथा समुदाय केन्द्रित कार्यक्रम र कार्यालयको पूर्वाधार विकासमा पुर्याएको योगदानको कदर गर्दै यादवलाई सम्मान गरिएको हो।

ताप्लेजुङमा सूचना अधिकारी एवम् अपराध अनुसन्धान शाखा प्रमुखको जिम्मेवारी सम्हालिसकेका यादव साउनको पहिलो साता मधेश प्रदेश प्रादेशिक प्रहरी कार्यालय वीरगन्ज सरुवा भइसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर