Sunday, July 26, 2026

सर्लाहीबाट स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

बारा, १० साउन । सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको नेपाली ७ लाख ५७ हजार रुपैयाँ नगद र एउटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।

सीमा सुरक्षा गुल्म हे.क्वा. मलंगवा, सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले आज साउन १० गते मलंगवा नगरपालिका–८ स्थित सीमावर्ती इलाकाबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

नियमित चेकजाँचका क्रममा फेला परेको उक्त रकमको वैधानिक स्रोत तथा आवश्यक कागजात पेश गर्न नसकेपछि प्रहरीले नगद र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरीले जनाएको छ । 

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर