Sunday, July 26, 2026

त्रिविको एमबिएस प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ

बारा, १० साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको परीक्षा सञ्चालन भइरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जालमा आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई नियन्त्रणमा लिएको हो।

गत साउन ८ गते परीक्षा चलिरहेका बेला प्रश्नपत्र बाहिरिएपछि परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको भन्दै डीन कार्यालयअन्तर्गतको परीक्षा सञ्चालन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर