Sunday, July 26, 2026

बारामा अनियन्त्रित ईभी कार पसलमा ठोक्कियो

बारा, १० साउन । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ टेढा रोडस्थित भित्री सडकखण्डमा आइतबार दिउँसो एक विद्युतीय (ईभी) कार अनियन्त्रित भई दुर्घटना भएको छ।

टेढाबाट जितपुरतर्फ आउँदै गरेको बा.प्र. ०१–०३१च ३८८० नम्बरको ईभी कार आफैँ अनियन्त्रित भएर सडक छेउमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएको चामलको बोरा र प्रभात ज्वेलर्समा ठोक्किएको हो। दुर्घटनामा मानवीय क्षति नभए पनि पसल अगाडि राखिएका १२ बोरा चामल र प्रभात ज्वेलर्सको काउन्टरमा क्षति पुगेको छ।

ठक्करबाट कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

कार चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय अशोककुमार अधिकारी इलाका प्रहरी कार्यालय सिमराको सम्पर्कमा आएका छन्।

दुर्घटनाग्रस्त ईभी कारलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर