Tuesday, July 28, 2026

बारामा पेट्रोल हाल्ने क्रममा मोटरसाइकलमा आगलागी, पेट्रोल पम्पको मेसिनमा पनि क्षति

बारा, ११ साउन । बाराको परवानीपुर गाउँपालिका–५ स्थित नौतनमा रहेको ऋसभ आयल स्टोरमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा एक मोटरसाइकलमा आगलागी भएको छ। 

आज दिउँसो करिब ३:३० बजेको समयमा ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल हाली स्टार्ट गर्न खोज्दा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। 

आगलागीका कारण उक्त मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पेट्रोल हाल्ने १ थान डिस्पेन्सर मेसिनमा समेत क्षति पुगेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक राजदेव यादवको कमाण्डमा प्रहरी टोली घट्नास्थलमा खटिएको थियो।

प्रहरी, स्थानीय बासिन्दा र फायर एक्स्टिङ्गुयसरको सहयोगमा दिउँसो ३:४० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

प्रहरीका अनुसार उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन। घटनापछि मोटरसाइकल चालक भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर