Tuesday, July 28, 2026

विद्युत प्राधिकरणले भन्यो, ‘असारमा तिरेको विद्युत महसुलको भ्याट भदौको बिलमा समायोजन हुने’

बारा, १२ साउन । नेपाल विद्युत प्राधिकरणले साउन महिनाको विद्युत् महसुलसँगै असुल गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल चिर्दै उक्त रकम आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले भुक्तानी गरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा कायम गरी भदौको बिलमा घटाउने स्पष्ट पारेको हो।

आर्थिक ऐन, २०८३ को व्यवस्था अनुसार विद्युत् सेवामा भ्याट लागू भएपछि प्राधिकरण २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भई महसुल बिलमा भ्याट समावेश गर्न थालेको थियो। तर, २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतलाई आर्थिक ऐन, २०८३ को अनुसूची—१ (समूह २) अन्तर्गत आवश्यक वस्तुका रूपमा राखिएकाले साउन १ गतेभन्दा अघिको खपतमा भ्याट नलाग्ने प्रावधान छ।

सोही कारण साउन १ गते वा त्यसपछि प्राप्त भएका असार मसान्तसम्मका खपतको बिलमा असुल भइसकेको भ्याट रकमलाई भदौको बिलिङमा मिलाउने प्रबन्ध मिलाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर