Wednesday, July 29, 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

बारा, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।

जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठका अनुसार दिवंगत श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा पुर्‍याएर उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

केहि दिन अघि मात्रै नेपाली कांग्रेसका सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर