बारा, १३ साउन । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनापछि प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
पर्सामा हाल कार्यरत रहेका एसपी सुदीप पाठकलाई हटाएर उनको ठाउँमा पवन कुमार भट्टराईलाई पठाउने निर्णय गरिएको हो।
नयाँ जिम्मेवारी पाएका भट्टराई यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिए। यसैगरी, सरुवा प्रक्रियाअन्तर्गत एसपी दानबहादुर थापालाई भने काठमाडौं परिसरमा खटाइएको छ।



