बारा, १४ साउन । सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका प्रमुख स्थानहरूमा बिहीबार दिउँसो २ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनका अनुसार पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरमा वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणमा वडा नं. ४ को क्याम्पस वरिपरिको क्षेत्रलाई कर्फ्यु सीमा तोकिएको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु कायम रहने जानकारी दिएका छन्।
कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि किसिमका गतिविधि वा बाधा-अवरोध सिर्जना गरिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
साथै, जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई पूर्ण सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले विशेष आग्रह गरेको छ।
सुन्सरीको देवानगंज घटनाको कारण आज बिहानै देखि युवाहरु टायर बाली सडक जाम तथा प्रदर्शन गरेका छन ।



