बारा, १४ साउन । सिरहाको गोलबजारमा कर्फ्यू आदेश जारी रहेकै अवस्थामा दुई पक्षबीच चर्किएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहे पनि क्षेत्रको अवस्था भने थप तनावग्रस्त बनेको छ।
गोलबजारमा भएको झडप तथा गोली प्रहारबाट गणेश यादवको मृत्यु भएको हो । स्थानीय प्रशासनले गोलबजार नगरपालिकाका विभिन्न प्रभावित क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो।
यद्यपि कर्फ्यूकै बीच झडपले उग्र रूप लिएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ र स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उक्त क्षेत्रमा सेना समेत परिचालन गरिएको छ ।



