Thursday, July 30, 2026

वीरगञ्जमा भोलि बिहान ६ बजे सम्म निषेधाज्ञा जारी

वीरगञ्ज, १४ साउन । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशानुसार आज साउन १४ गते साँझ ५ बजेदेखि भोलि साउन १५ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम वीरगञ्ज महानगरपालिकाका तोकिएका चार किल्लाभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रशासनले तोकेको चार किल्लामा पूर्वमा प्रतिमा चौक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौक तथा दक्षिणमा शंकराचार्य गेट रहेका छन्।

उक्त आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर