बारा, १४ साउन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीको कप्तानगंजमा भएको घटनाको पूर्ण रूपमा निष्पक्ष र पारदर्शी छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नागरिकको जनधनको सुरक्षाप्रति सरकार पूर्ण रूपमा सचेत र संवेदनशील रहेको बताएका हुन्। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, “म विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ।”
उनले घटनामा संलग्न दोषी जो-कोही भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याएर छाड्ने र कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पारेका छन्।
सरकारले स्थिति नियन्त्रणमा राख्न र पीडितलाई न्याय दिलाउन आवश्यक कदम चालिरहेको उल्लेख गर्दै उनले सर्वसाधारणलाई संयम अपनाउन र शान्ति-सुरक्षा कायम राख्न समेत अपील गरेका छन्।



