बारा, १५ साउन । धनुषाका विभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेपछि जयनगर–जनकपुर–भङ्गाहा खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा बन्द भएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले शुक्रबार (साउन १५ गते) एक सूचना जारी गर्दै यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर अर्को सूचना नआउञ्जेलसम्मका लागि सेवा स्थगन गरिएको जनाएको छ।
धनुषाका तीन पालिकामा बिहीबारदेखि कर्फ्यु जारी रहेकाले सुरक्षा संवेदनशीलताका कारण रेल सेवा निरन्तर सञ्चालन गर्न असम्भव भएको जनाइएको छ।



