Saturday, August 1, 2026

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

बारा, १६ साउन । सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यु हटाएर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (निषेध आदेश) जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी सूचना अनुसार, गत २०८० साउन १२ गते राति ९:०० बजेदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्युलाई साउन १६ गते बिहान ८:३० बजेदेखि साँझ ५ बजेसम्मका लागि हटाइएको छ।

कर्फ्यु हटाइए तापनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।

प्रशासनले जारी गरेको सूचना अनुसार इटहरी उपमहानगरपालिकाको वडा नं. १६ र १७ तथा रामधुनी नगरपालिकाको वडा नं. १ र ५ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

यसैगरी इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा समेत एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध आदेश जारी गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर