काठमाडौं, १७ साउन । लगातारको सिमसिम पानीका बाबजुद मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन निरन्तर सञ्चालनमा रहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलताल क्षेत्रमा सामान्य लेदो बगेको भए तापनि हालसम्म यातायात सेवा सुचारु नै रहेको छ।
वर्षात्का कारण यस सडक खण्डमा पहिरोको जोखिम उच्च कायमै रहेकाले सम्भावित पहिरोग्रस्त स्थानहरूको पहिचान गरी सडक विभागले विभिन्न संवेदनशील क्षेत्रहरूमा अपरेटरसहितका भारी मेसिन तथा उपकरणहरू उच्च सतर्कताका साथ तैनाथ अवस्थामा राखेको छ।
मौसम प्रतिकूल रहेकाले उक्त राजमार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकहरूलाई यात्रामा निस्कनुअघि सडकको वस्तुस्थिति जानकारी लिएर मात्र सुरक्षित रूपमा यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ।



