Sunday, August 2, 2026

सप्तरीको राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू

बारा, १७ साउन। सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले अर्को आदेश नभएसम्मका लागि उक्त निर्णय गरेको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम लागू गरिएको यस निषेधाज्ञा अन्तर्गत दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न पाइने छैन।

प्रशासनले तोकेको क्षेत्र अनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्म निषेधाज्ञा लागू गरिएको छ।

त्यसैगरी, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन र यो निर्णयको उल्लङ्घन नगर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर