Monday, August 17, 2026

घर-घरमा नागको पूजा गरी नागपञ्चमी मनाइँदै

Advertisement
Advertisement Advertisement

बारा, ०१ भदौ । वैदिक परम्पराअनुसार आज देशभर घरका मूलढोकामा नागको चित्र टाँसी विधिपूर्वक पूजाअर्चना गरेर नागपञ्चमी पर्व मनाइँदै छ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व यस वर्ष जेठ महिनामा परेको अधिकमासका कारण सौरमास अनुसार भदौको पहिलो दिन पर्न गएको हो। आजका दिन घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प, र बिच्छीजस्ता विषालु जीवको भय नरहने धार्मिक विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार नागको पूजा गर्नाले अग्नि, मेघ र चट्याङजस्ता प्राकृतिक विपत्तिबाट समेत जोगिन सकिने जनविश्वास रहँदै आएको छ।

वैदिक कालदेखि नै नागलाई सर्पको राजाका रूपमा सम्मान गर्दै पूजा गर्ने प्रचलन चलेको मानिन्छ। नाग रुष्ट भएमा पानीको अभाव हुने धार्मिक मान्यता रहेकाले वर्षा र जलको सन्तुलन कायम राख्न नागलाई खुसी पार्ने गरिन्छ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीका दिन ब्रह्मा र नागराजबीच संवाद भएकाले यस तिथिलाई नागपूजाका लागि विशेष र पवित्र मानिएको हो। यसका साथै, सनातन धर्ममा नागलाई भगवान् शिवको कण्ठहार र भगवान् विष्णुको शेषनाग शय्याका रूपमा पूजा गरिने हुँदा नागलाई त्रिदेवकै स्वरूप मानेर श्रद्धापूर्वक पूजा गरिन्छ।

घरको जगमुनि रहेका नाग रिसाएमा भवनको स्थायित्वमा असर पर्ने विश्वासका कारण पनि यो परम्पराले निरन्तरता पाउँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर