16.2 C
Kalaiya

Saturday, December 6, 2025
spot_img
16.2 C
Kalaiya
Saturday, December 6, 2025

बारा : एसी मर्मतको ढिलाइले चर्कियो विवाद, पसल सञ्चालकमाथि बोतल प्रहार

spot_img
spot_img

कलैया, ०४ साउन। बाराको कलैया उपमहानगरपालिका–५, अस्पताल रोडस्थित एसी सर्भिस सेन्टरमा एसी मर्मत कार्य समयमा नगरेको भन्दै एक जनाले पसल सञ्चालकमाथि बियरको बोतल प्रहार गरेका छन्। कलैया निवासी साहिल साहले करिब दुई वर्षअघि मर्मतको लागि दिएको स्याम्सुङ्ग कम्पनीको एसी तोकिएको समयमा मर्मत नगरिएको भन्दै सन्तोष कुमार साह सँग केहिबेर भनाभन भएको थियो।

Advertisement

त्यस लगत्तै दुबै जना बीच झडप हुदा साहिलले सञ्चालकमाथि टाउकोमा बियरको बोतल प्रहार गरेका हुन्। घाइते सन्तोष कुमार साहको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा गरिए पछि उनलाई थप उपचारका लागि एल.एस. न्युरो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजय राज पण्डितका अनुसार बियरको बोतल प्रहार गर्ने साहिल साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर