Wednesday, June 3, 2026

बारामा नहरमा डुबेर एक बालकको मृत्यु

spot_img

कलैया, १७ साउन। बारामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको नहरको पानीमा डुबेर स्थानीय लालबाबु मुखियाका १३ वर्षीय छोरा सन्दिप मुखियाको मृत्यु भएको हो।

शुक्रबार दिउँसो बालक नहरमा डुबेको अवस्थामा फेला परेका थिए। बालकको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। उक्त नहरमा विभिन्न उद्योगबाट निस्कने विषाक्त रसायनयुक्त फोहोर मिसिएको छ। घटनापछि स्थानीय बासिन्दा र पीडित परिवार आक्रोशित बनेका छन्।

उनीहरूले विषाक्त पानी नहरमा बग्ने प्रक्रिया तत्काल बन्द गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर