Wednesday, June 3, 2026

जितपुरमा बजाज ग्रान्ड एक्सचेन्ज मेला, नागरिकताको आधारमा मोटरसाइकल पाइने

spot_img

सिमरा, २१ साउन। बारामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । साउन २५ गतेदेखि ३१ गतेसम्म बाराको जितपुरसिमरा उपमहानगरपालिकाको जितपुर चौकस्थित शान्ति टोल खेल मैदानमा हुने मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।

कस्तो सुविधा उपलब्ध छ?

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

पुरानो बाईक एक्सचेन्ज गर्न सकिने

जितपुरमा हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्याङ्कन गर्न विशेष भ्यालुएटरहरू समेत आउने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्याङ्कन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरूले पाउनेछन् । साथै, ग्राहकहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक कर पनि मेलामा किन्ने मोटरसाइकलमा प्राप्त गर्न सक्नेछन् ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तै: घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।

कहाँ हुदैंछ यो मेला?

जितपुर चोकस्थित शान्ति टोल खेल मैदानमा आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सकिने आरोही मोटर्सका सञ्चालक रोहित तिवारीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर