Wednesday, June 3, 2026

बारामा लागू औषध गाँजासहित एक युवक पक्राउ

spot_img

कलैया,२१ साउन । बारा प्रहरीले १० किलो ३१८ ग्राम लागू औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ जुडिवेला निवासी महेश्वर धामीका छोरा अन्दाजी २३ वर्षीय शिवु उर्फ शिवजी धामी रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले बुधवार धामीलाई गाँजासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका–४ स्थित एकान्त स्थानमा शंकास्पद रूपमा उभिएका धामीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। उनको साथमा रहेको सेतो बोरासहित खानतलासी गर्दा उक्त बोराभित्र प्लास्टिकमा पोका पारेर राखिएको लागू औषध गाँजा फेला परेको हो ।

पक्राउ परेका धामीलाई लागू औषध गाँजासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर