Sunday, August 16, 2026

नारायणी अस्पतालमा उपचारका क्रममा कैदीको मृत्यु, आफन्तद्वारा प्रदर्शन

Advertisement
Advertisement Advertisement

कलैया, २७ साउन। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार कैदीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन। वीरगञ्ज महानगरपालिका–२५ निवासी राहुल साह तुराहाको उपचारका क्रममा मृत्यु भएको हो । मृतक तुराहा कर्तव्य ज्यान मुद्दामा २०७९ साल देखि अदालतको आदेश अनुसार वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका थिए ।

कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि तत्काल नारायणी अस्पताल ल्याइएको थियो । अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरेको कारागार प्रशासनले जनाएको छ। यता मृतकका आफन्तजनले रेफर प्रक्रियामा ढिलाइ भएको र कारागार प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति नदिएको कारण मृत्यु भएको आरोप लगाएका छन ।

उनीहरुले अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। केही समय तनावको स्थिति सिर्जना भएको र हाल अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा मृतकका आफन्त र प्रशासनबिच छलफल भइरहेको जनाइएको छ।

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर