Monday, October 12, 2026

कांग्रेसको उपसभापतिमा बाराका फरमुल्लाह मंसुर पराजित, विनोदकुमार चौधरी निर्वाचित

Advertisement
Advertisement

बारा, २६ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापति (समावेशी) पदमा बाराका नेता फरमुल्लाह मंसुर पराजित भएका छन् भने विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार उपसभापति (समावेशी) पदमा विनोदकुमार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उक्त पदमा उम्मेदवारी दिएका बाराका फरमुल्लाह मंसुरले १ हजार १४४ मत प्राप्त गरे। उनी निर्वाचित हुन सकेनन्।

समावेशी उपसभापति पदका अन्य उम्मेदवारमध्ये जीवन परियारले १ हजार ६५८, रञ्जीत कर्णले ५६२ र सीता गुरुङले १ हजार १९२ मत प्राप्त गरेका छन्।

यसैगरी खुलातर्फको दुई उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य निर्वाचित भएका छन्। भण्डारीले ३ हजार ७३५ तथा आचार्यले ३ हजार ३४२ मत प्राप्त गरेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदान कार्य सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी उपसभापति तथा महामन्त्री पदको मतगणना सम्पन्न गरेको जनाएको छ। समितिले बहुमत प्राप्त उम्मेदवारलाई निर्वाचित घोषणा गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर