Saturday, October 10, 2026

देवताल गाउँपालिकामा १५ दिन दशैं बिदा

Advertisement
Advertisement

बारा, २३ असोज। देवताल गाउँपालिकाले बडादशैंको अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा लामो बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म विद्यालयको पठनपाठन पूर्ण रूपमा बन्द रहनेछ।

बिदा सकिएपछि कात्तिक ९ गतेदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले विजया दशमीको अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना समेत व्यक्त गरेको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा शाखा प्रमुख सुनिल प्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीद्वारा जारी सूचनामार्फत उक्त जानकारी दिइएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर