Iबारा, २३ असोज। इलाका प्रशासन कार्यालय सिमराका प्रमुख तथा गुनासो सुन्ने अधिकारी राजेन्द्र प्रसाद कडेलको सरुवा भएको छ। कडेलको सरुवा जिल्ला प्रशासन कार्यालय मोरङमा गरिएको हो।
गृह मन्त्रालयले आज एकैपटक एकजना प्रमुख जिल्ला अधिकारी सहित ३२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेसँगै कडेलको पनि सरुवा भएको हो।
कडेलको स्थानमा गृह मन्त्रालय वा मातहतबाट गणेश नेपाली इलाका प्रशासन कार्यालय सिमरामा आउने भएका छन्। नेपालीलाई सिमराको इलाका प्रशासन कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको हो।
कडेलको नेतृत्वमा इलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका प्रशासनिक सेवा तथा गुनासो व्यवस्थापनसम्बन्धी काम हुँदै आएको थियो।
गृह मन्त्रालयले गरेको पछिल्लो सरुवा तथा पदस्थापनसँगै देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मातहतका निकायमा उपसचिव तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।






