30.3 C
Kalaiya

Tuesday, August 26, 2025
spot_img
30.3 C
Kalaiya
Tuesday, August 26, 2025

मधेशमा हत्याको घटना बढ्दै, बारामा मात्रै १२ जनाको हत्या

spot_img
spot_img
spot_img

कलैया, १० भदौ। मधेश प्रदेशमा हत्या घटना बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनमा मात्र मधेश प्रदेशमा ९ जनाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

Advertisement

गत आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा ९९ जनाको हत्या भएको छ । जसमा ५३ जना पुरुष र ३६ जना महिला छन् । यस्तै ५ जना बालक र ६ बालिका रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

Advertisement

सबैभन्दा बढी धनुषामा १७ जना, सर्लाहीमा १४ जना, महोत्तरीमा १३ जना,  बारा र सप्तरीमा १२/१२ जना, रौतहटमा ११ जना, सिरहा र पर्सामा १०-१० जनाको हत्या भएको तथ्यांक छ । हत्या हुनेमा १८ देखि ४५ वर्ष उमेरसम्मका आधाभन्दा बढी ६३ जना छन् ।

Advertisement

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा १२७ जना र आ.व. २०७९/०८० मा १०९ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर