21.7 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.7 C
Kalaiya
Saturday, November 1, 2025

युवाको उमेर अब १८ देखि ३५ बर्ष

spot_img
spot_img

कलैया, १२ भदौ। युवाको उमेर १८ देखि ३५ वर्षसम्म हुने भएको छ। सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार अब युवाको उमेर १८ देखि ३५ वर्षसम्म हुने भएको हो । यसअघि २०७२ को नीतिअनुसार युवाको उमेर १६ देखि ४० वर्षसम्म मानिन्थ्यो।

Advertisement

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, बालबालिकासम्बन्धी कानुनले १८ वर्षमुनिलाई बालक मान्ने भएकाले १८ देखि ३५ वर्षसम्मलाई मात्र युवाको परिभाषामा राखिएको हो।

Advertisement

 २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले जानकारी दिएका छन। हालै मात्र १० वर्षपछि युवा नीति परिमार्जन गरिएको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर