Wednesday, June 3, 2026

शिक्षा ऐन विरुद्ध बाराका शिक्षकहरु आन्दोलित

spot_img

कलैया, १३ भदौ । नेपाल सरकारले ल्याएको शिक्षा ऐन विरुद्ध नेपाल शिक्षक महासंघको आहवान्मा बाराका शिक्षक, विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन्। बाराका आठ वटा संस्थाहरुको प्रतिनिधिहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको प्रथम चरणको कार्यक्रम घोषणा गरेका हुन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेमा शिक्षकहरु राजकिशोर सहनी, रोशन यादव, विनोदकुमार पासवान, जियालाल चौधरी, नन्दकिशोर दुवे, लालबाबु जयसवाल, मनिषकुमार यादव तथा पप्पुकुमार सिंह रहेका छन्। आन्दोलनको प्रथम चरणको कार्यक्रममा शुक्रबार बाराको १६ पालिकामा तथा आइतबार शिक्षा विकास तथा समन्वय एकाई कलैयामा ध्यानाकर्षणपत्र बुझाउने तथा दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको छ।

महासंघको आन्दोलन पश्चात भएको सहमति विपरित नेपाल सरकार एवम् शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सार्वजनिक प्रतिवेदनमा विगतको सहमति समावेश नरहेको संयुक्त विज्ञप्तिमा जनाइएको छ।

विगतको सबै सहमतिहरु यो ऐनमा सम्बोधन हुन जरुरी रहेकोले समितिबाट विधेयक पारित भइसकेको परिप्रेक्ष्यमा यो विषय प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट सम्बोधन गराउन आन्दोलनको कुनै विकल्प नरहेको संयुक्त विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर