Wednesday, September 16, 2026

बारामा राति ८ बजेदेखि शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश

Advertisement
Advertisement

कलैया,२७ भदौ  । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शुक्रबार शुक्रबार पुनः १० घण्टे (कर्फ्यु) निषेधाज्ञा आदेश जारी गरेका छन्।

एक सूचना जारी गरी भदौ २७ गते शुक्रबार ( आज) साँझ ठीक ८ बजेदेखि शनिबार विहान ६ बजेसम्म बारा जिल्ला भरका लागि आदेश जारी गरेका हुन्।

हालको विषम् परिस्थितिको अनुचित फाइदा उठाउने उदेश्यले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा क्षति पुर्याउन, लुटपाट एवम् आगजनी गर्ने, व्यक्ति लक्षित हिंस्रक आक्रमण लगायत अवान्छित गतिविधि तथा क्रियाकलाप हुन नदिन र जिल्लाको शान्ति सुरक्षा एवं अमनचयन्त कायम गर्न सो आदेश जारी गरिएको हो।

यस अघि उनले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिनको ठीक ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म कलैया उपमहानगरपालिकामा लागु हुने गरी एक आदेश जारी गरेका थिए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो।

निषेधाज्ञा आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने सो आदेशमा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर