Monday, August 17, 2026

अप्टिकल फाइबर तार चोरी गरेको आरोपमा ५ जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, २ असोज । झापामा अप्टिकल फाइबर टेलिफोन तार चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट ५ बोरा अप्टिकल फाइबर टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।

  पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ती गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर