30.1 C
Kalaiya

Friday, September 19, 2025
spot_img
30.1 C
Kalaiya
Friday, September 19, 2025

युक्रेनबाट दुईजना नेपालीको उद्धार

spot_img
spot_img

कलैया, ३ असोज । युक्रेनबाट दुईजना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दुई नेपालीको उद्धार गरिएको पुष्टि गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जय प्रकाश साह र बाग्लुंगका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काइँदै छ ।

Advertisement

उद्धार कार्यमा सहयोग गर्ने युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ, जर्मनी र अन्य निकाय, व्यक्ति, सरोकारवालाहरूलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ ।

Advertisement

विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्णपालना गर्न सरकारले आग्रह गरेको छ  ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर