कलैया, ४ असोज। बाढी र पहिरोका कारण देशभरका विभिन्न ७ वटा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
त्यस्तै कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवा, सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध भएको छ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ भने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
उक्त सम्पुर्ण क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ।

















