Monday, August 17, 2026

दसैँको पाँचौ दिन आज स्कन्दमाताको पूजा, शक्तिपीठहरूमा भक्तजनको भीड

Advertisement
Advertisement Advertisement

कलैया, १० असोज। आज नवरात्रको पाँचौँ दिन हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सधैँ काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले यिनलाई स्कन्दमाताको नामले पुकारिने गरिएको हो । ज्ञानशक्ति र कर्मशक्तिकी देवीका रूपमा पनि स्कन्दमातालाई चिनिन्छ । सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको वर्ण सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ।

दशैंमा नवदुर्गाका विभिन्न नौ रूपको पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रभर बारा जिल्लासहित देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर