Wednesday, July 1, 2026

हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

कलैया, १० असोज। गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँसहित देशका विभिन्न ठाँउमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

“मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध छ” मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सुचनामा उल्लेख छ । मन्त्रालयका अनुसार असोज भित्र हातहतियार र खरखजान बुझाए वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने छ ।

त्यस्तै उक्त मिति पछि कोहीकसैसँग हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर