Friday, July 31, 2026

नेपालले भोलि देखि वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दै

कलैया, १० असोज। युनाइटेड अरब इमिरेट्स (यूएई)मा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृंखला भोलि देखि सुरु हुँदै छ। आईसीसी टी-२० विश्वकप छनोटको अन्तिम तयारीस्वरुप नेपालले यो ऐतिहासिक शृंखला खेल्न लागेको हो। यस कारण पनि यो एतिहासिक किन हो भने नेपालले पहिलो पटक आईसीसीको पुर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्दै छ।

खेलका लागी नेपाली राष्ट्रिय क्रिकेट टिम यूएई पुगिसकेको छ। नेपालले भोलि असोज ११ गते, १३ र १४ गते यूएईको शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ‘युनिटी कप’ टी-२० सिरिज खेल्ने छ। सबै खेलहरु नेपाली समय अनुसार राती ८:१५ बाट सुरु हुने छ।

नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, आदील आलम, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव,सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर