Monday, August 17, 2026

सर्लाहीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, एकको अवस्था गम्भीर

Advertisement
Advertisement Advertisement

कलैया, ११ असोज। सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् ।ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका–२ निवासी २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र सहनीलाई रामजानकी अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको छ।

दुर्घटना पछि स्कारपियो चालक फरार भएका छन। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर