Thursday, June 4, 2026

वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

spot_img

कलैया, ११ असोज। वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको छ । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक पराजित गरेको हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो। त्यस्तै वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए भने वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाएका हुन। दोस्रो खेल सोमबार हुने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर