Wednesday, July 1, 2026

पुर्व प्रधानमन्त्री ओली सहित ५ जनालाई विदेश जान रोक, स्वीकृतीबिना काठमाडौं उपत्यका छाड्न नपाउने

कलैया, १२ असोज। भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा घटनाको सम्बन्धमा छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश जान रोक लगाउने सिफारिस गरेको छ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै बयानमा जुनसुकै बेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीबिना उपत्यका छाड्न समेत नपाउने व्यवस्था गर्न गराउन सिफारिस गरेको जनाएको हो।

सिफारिस गरिएका व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुबाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल रहेका छन् ।

जाँचबुझ आयोगको प्रेस विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर