Wednesday, July 1, 2026

प्रधानमन्त्री कार्कीले यस वर्ष बडादसैँको टीका नलगाउने

कलैया, १३ असोज। यस वर्षको बडादसैँमा प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा थुप्रै युवाहरूले ज्यान गुमाएको पीडालाई सम्मान गर्दै प्रधानमन्त्री कार्कीले यो निर्णय लिएकी हुन् ।

“यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम छैन,” बडादसैँको पावन अवसरमा आज (सोमबार) जारी शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् ।

साथै उनले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। प्रधानमन्त्री कार्कीले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता ब्यक्त गरिन् ।

साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर