Wednesday, July 1, 2026

कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

कलैया, १५ असोज। आज दसैँको महानवमीका दिन घरघरमा कन्यापूजन गरी नवरात्रि पर्वको समापन गरिदै छ। घटस्थापनादेखि ९ दिनसम्म व्रत बसेका परिवारहरूले नवौँ दिनका अवसरमा आफ्नो घर वा छिमेकका ९ जना कन्यालाई बोलाएर पूजापाठ गर्ने परम्परा छ।

पूजाका क्रममा कन्याहरूको खुट्टा धोएर टाउकोमा चुनरी राखिन्छ, फूल र प्रसाद चढाइन्छ र पूजा सकेपछि हलुवा, पुरी तथा चना खुवाएर सम्मानका साथ विदाई गरिन्छ। यसरी कन्यापूजन गर्नुले घरमा सुख, शान्ति र समृद्धि कायम हुने विश्वास रहदै आएको छ।

कन्यापूजन मातादुर्गा भवानीको रूपमा गरिन्छ र यस दिन घरमा आशीर्वाद लिँदा वर्षभरि मङ्गलकामना पुरा हुने विश्वास रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर