Monday, August 17, 2026

‘भारी वर्षाको सम्भावना छ, राति यात्रा नगर्नु’

Advertisement
Advertisement Advertisement

कलैया, १७ असोज। जल तथा मौसम विज्ञान विभागले आज देखि असोज २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा अनुरोध गरेको छ । विभागले वर्षासँगै पहिरोको पनि जोखिम भएकाले राति यात्रा नगर्न आग्रह गरेको हो ।

यता सडक विभागले पनि राति यात्रा नगर्न अपिल गर्दै आफु मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।

साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर